Close This

बैतडीमा बुवाछोरा मिलेर वडाध्यक्षमाथि गरे कुटपिट

शुक्रबार चैत १७, २०७९/ Friday 03-31-23
Paschim Today

बैतडी, १७ चैत्र । बैतडीको मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरद सिंह नेगीमाथि कुटपिट भएको छ । बिहीबार राति ९ बजेको समयमा वडा नं १ को जेरो प्‍वाइन्ट बजारको एक पसलमा वडाअध्यक्ष नेगीमाथि सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारश नेगीले कुटपिट गरेका हुन् ।

कुटपिट गर्ने दुबै बुवाछोरालाई नियन्त्रणमा लिएको र वडा अध्यक्ष नेगीलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता,प्रहरी निरीक्षक यागेश खत्रीले जानकारी दिए ।  वडा अध्यक्ष नेगीका ४ वटा दाँत भाचिएका छन् । कुटपिटमा सामान जोख्ने ढक प्रयोग गरेको खुलेको  छ। वडाकै विषयमा विावादमा  झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।