Close This

धनगढी १ मा स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शुक्रबार चैत १७, २०७९/ Friday 03-31-23
Paschim Today

धनगढी,१७ चैत ।  स्वावलम्बन लघुवित्त उपशाखा धनगढीले वडा नम्बर १ मा  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रवार धनगढी उपमहानगरपालिका १ शान्तिनगरमा एक कार्यक्रमकाबीच साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।पछिल्लो समय आम नागरिकमा लघुवित्तको बारेमा परेको नकारात्मक असरलाई हटाउन र उनीहरूलाई आर्थिक–सामाजिक र शैक्षिक रूपमा पछि परेका वर्गलाई गतिशील दिशामा अघि बढाउने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको स्वावलम्बन लघुवित्त उपशाखा धनगढीका प्रमुख प्रमोद कुमार सिग्देलले बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य धर्मराज उपाध्यायको प्रमुख आतिथ्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । वित्तीय साक्षरता कार्यक्रममा कार्यालय प्रमुख सिग्देलले कार्यक्रमको उद्देश्य तथा संस्थाको परिचयको बारेमा आफ्नो भनाई प्रस्तुत गरेका थिए भने वित्तीय साक्षरता सम्बन्धी ज्ञान, दोस्रो पुस्ताको लागि वित्तीय साक्षरताको महत्त्वको बारेमा कृष्णपुरका कार्यालय प्रमुख प्रमोद कुमर कुर्मीले दिएका थिए । 

यस्तै सोही कार्यक्रममा आगलागी पीडित देउसरा विश्वकर्मालाई  वडा प्रतिनिधिको हातबाट राहत स्वरूप  पाँच हजार वितरण समेत गरिएको थियो ।यस्तै धनगढी शाखाका सहायक नीराजन सिंहले धेरै संस्थाहरूमा कारोबार गर्दा निम्तिने समस्याहरूको बारेमा सदस्यहरूलाई आफ्नो प्रस्तुतीकरण दिएका थिए भने कार्यक्रमको सञ्चालन धनगढी शाखाकी कर्मचारी धना कुमारी शाहीले गरेकी थिइन् । यस अघि सोही शाखाले धनगढी उपमहानगरपालिका १३ मा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।