Close This

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

शनिबार चैत १८, २०७९/ Saturday 04-01-23
Paschim Today

धनगढी, १८ चैत्र । कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–७ चर्राका २३ वर्षीय इन्द्रबहादुर कठरिया लागुऔषधसहित पक्राउ परेका हुन्।

शुक्रबार इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले ३३ ग्राम लागुऔषधसहित कठरियालाई पक्राउ गरेको छ। उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।