चलचित्र अन्तिम संस्कारको शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौँ,१६ वैशाख । चलचित्र अन्तिम संस्कारको शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। चलचित्र असार ८ गते देशव्यापी रूपमा प्रदर्शन हुने भएको छ।
दिया पुन र विजय लामाको शीर्ष भूमिका रहेको चलचित्रको पोस्टरमा प्रमुख पात्रहरू पनि समेटिएको छ। चलचित्र प्रदीप शाहीले निर्देशन गरेका छन्। शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा मे २ मा आउँदै छ।
वरिष्ठ क्याप्टेनसमेत रहेका अभिनेता विजय लामाले यो चलचित्र अन्यभन्दा फरक रहेको दाबी गरे। निर्माता, निर्देशक र अभिनेताले समेत जोखिम मोलेर चलचित्रमा काम गरेको अनुभव उनले सुनाए।
साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्सायर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रवीन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।
सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको चलचित्रमा ‘मर्डर मिस्ट्री’को कथा समावेश गरिएको छ। विनोद सुवेदी क्षितिज चलचित्रको निर्माता छन्।
तपाईको प्रतिक्रिया