नेपाल डे परेडका लागि सुदूर पश्चिम समाजको तयारी पुरा

न्यूयोर्क, १९ मे ।
अमेरिकाको न्यूयोर्कमा २१ मेमा आयोजना गर्न लागिएको नेपाल डे परेड २०२३ मा सुदूरपश्चिम प्रदेशका तर्फबाट प्रदर्शन गरिने झाँकी तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।
अमेरिकामा बस्ने नेपालीहरुले हरेक वर्ष २१ मेमा नेपाल डे परेड आयोजना गर्दै आएका छन् । गैर आवासीय नेपाली संघ अमेरिकाका तर्फबाट आयोजना गरिने नेपा डे परेडमा नेपालको पहिचान झल्किने सांस्कृतिक कार्यक्रम तथा झाँकीहरु प्रदर्शन गर्ने गरिएका छन् । जसमा सात वटै प्रदेशको पहिचान झल्किने सांस्कृतिक कार्यक्रम तथा झाँकीहरु प्रदर्शन गर्ने गरिएका छन् ।
नेपाल डे परेडका लागि सुदूर पश्चिम प्रदेशका लागि सुदूर पश्चिम प्रदेश समाज न्यूयोर्कका अध्यक्ष राम बहादुर देउवालाई संयोजकको जिम्मेवारी दिईएको छ ।
संयोजक देउवाले नेपाल डे परेडका लागि सुदूर पश्चिम प्रदेशका तर्फबाट सम्पूर्ण तयारीहरु पुरा भएको बताए ।
न्यूयोर्कको म्यानहटनमा आयोजना गरिने नेपाल डे परेडमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला तथा पुरुषहरुले सुदूरपश्चिमको पहिचान झल्किने भेषभुषा, पोशाक र पहिरन लगाउने देउवाले बताए ।
उनले सुदूरपश्चिमको दमाहा, हुडके बाजा बजाउनुका साथै गौरा र डेउडा समेत प्रदर्शन गरिने बताए ।
नेपाल डे परेडका लागि सुदूर पश्चिम समाजले सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी समाजका महासचिव राईभान महरालाई दिएको छ । उपाध्यक्ष नविन ओझालाई आर्थिक समिति दान सिंह बिष्टलाई झाँकी व्यवस्थापन समितिको संयोजक तोकिएको छ ।
स्वयमसेवक परिचालन समितिको संयोजक गणेश बिष्ट रहेका छन् । प्रचार प्रसार समितिको संयोजक धिरेन्द्र चन्द रहेका छन् ।
तपाईको प्रतिक्रिया