Close This

पछिल्लो २४ घण्टामा थपिए ४ जना कोरोना संक्रमित

आइतबार जेठ ७, २०८०/ Sunday 05-21-23
Paschim Today

काठमाडौं, ७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।

यो अवधिमा १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७० जना रहेको मन्त्रालयले जनाएको छ ।