चेल्सीलाई हराउँदै च्याम्पियन सिटीको घरेलु मैदानमा सेलब्रेसन

सोमबार जेठ ८, २०८०/ Monday 05-22-23
Paschim Today

एजेन्सी, इङ्ग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा च्याम्पियन म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ। घरेलु मैदान इतिहादमा सम्पन्न खेलमा सिटीले चेल्सीमाथि १-० गोलको जित निकाल्यो।

सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले खेलको १२ औँ मिनेटमा गोल गरे। जितसँगै घरेलु मैदानमा लगातार तेस्रो पटक लिग उपाधि सिटीले सेलिब्रेट गर्‍यो। शनिवार रातिको खेलमा दोस्रो स्थानको आर्सनलले नटिङ्घम फरेस्टसँग पराजय ब्यहोरेसँगै सिटी च्याम्पियन बन्ने टुंगो लागेको थियो। पछिल्ला ६ वर्षमा सिटी पाँचौँ पटक च्याम्पियन बनेको हो। पछिल्लो पटक म्यानचेस्टर युनाइटेडले लगातार तीन सिजन प्रिमियर लिग च्याम्पियन बनेको थियो। युनाइटेडले पछिल्लो पटक सन् २००६/७, २००७/८ र २००९/१० को सिजन लगातार जितेको थियो।

यसपाला सिटीलाई ट्रेबलु अर्थात लिग, एफए कप र च्याम्पियन्स लिग तीनवटै एक सिजन जित्नेसमेत अवसर छ। ३६ खेलबाट सिटी ८८ अंक जोड्दा दोस्रो स्थानको आर्सनलले ३७ खेलबाट ८१ अंक जोडेको छ। चेल्सी भने ४३ अंक जोड्दै तालिकाको १२ औँ स्थानमा छ।