चिया गफ गर्ने ठाउँ नपाए हाम्रा घरमा आउनुस्, संसदमा होइन : रवि लामिछाने

बुधबार जेठ १०, २०८०/ Wednesday 05-24-23
Paschim Today

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक अर्कामा आरोप–प्रत्यारोप, वाद–विवाद र गाली गलौज गरेर संसदको महत्वपूर्ण समय खेर फाल्नु नहुने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

नीति कार्यक्रम बाचन गर्ने, संसदमा छलफल गर्ने र संसोधन नगर्ने हो भने यो छलफलको औचित्य नभएको उनले बताए । ‘चिया गफ गर्ने थलो संसदलाई नबनाऔँ,’ उनले भने, ‘चिया गफ गर्ने ठाउँ नपाएको भए बरु हामी नयाँ पार्टीका नेताको घरमा आउनुहोस् ।’ उनले ७० प्रतिशत रकम तलबका लागि छुट्याउने र विकास बजेटका रुपमा ३० प्रतिशतमात्रै छुट्याउने चलनले देशमा आर्थिक विकास संभव नभएको उनले बताए । छुट्याइएको बजेट पनि खर्च नहुने समस्याले देशमा विकास हुन नसकेको बताए ।