Close This

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आवासीय क्षेत्रमा इन्टरनेट सेवा बन्द

शुक्रबार जेठ १२, २०८०/ Friday 05-26-23
एजेन्सी

एजेन्सी, पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आवासीय क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ । खान बस्ने जमान पार्क क्षेत्रमा इन्टरनेट बन्द गरेर उनलाई सामाजिक सञ्जाल प्रयोगबाट रोकेर घरभित्रै पक्राउ गरेर राखिएजस्तो गरिएको तहरीक–ए–इन्साफले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई ‘भर्चुअल हाउस अरेस्ट’मा राखिएको आरोप छ । केही दिनअघि पक्राउ गरिएका खानलाई अदालतको आदेशमा छाडिएको थियो । त्यसपछि पनि उनको आवासीय क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर निगरानीमा राखिएको छ ।