Close This

विराटनगरमा गहना चोरी, जोगबनीमा ब्रिकी गर्न लैजाँदै गर्दा तीनजना पक्राउ

शुक्रबार जेठ १२, २०८०/ Friday 05-26-23
Paschim Today

काठमाडौं, १२ जेठ । विराटनगर महानगरपालिका-३ स्थित एक घरबाट चोरी गरिएको ६१ लाख रुपैयाँ मूल्य बराबरको सामानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले जेठ ३ गते विराटनगर-३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी गरी जम्मा ६१ लाख रुपैयाँ बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका-१२ बस्ने २१ वर्षीय राजकुमार कामत, सोही वडाका १९ वर्षीय विवेक कामत र श्रीकान्त दासलाई पक्राउ गरेको हो। 

उक्त चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट आठ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । जेठ १० गते राति १ बजे विराटनगर-१२ कोशी प्रोजेक्टस्थित सडक खण्डमा चोरीको सामान ३५ केजी चाँदी, आठ ग्राम सुन, दुई थान मोबाइलसहित भारतको जोगबनीमा बिक्री गर्न जाने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। चोरीको घटनामा अनुसन्धानमा खट्ने सात जना प्रहरी अधिकृतसहित प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ।