Close This

शुक्रवारबाट टीकापुर क्याम्पसका विद्यार्थी अनशनमा

शुक्रबार जेठ १२, २०८०/ Friday 05-26-23
Paschim Today

टीकापुर, १२ जेठ । शुक्रवारबाट टीकापुर बहुमुखी क्याम्पसका विद्यार्थी अनशनमा बसेका छन्।   क्याम्पसका बिएएलएलबीका विद्यार्थी आमरण अनशनमा बसेका हुन्।

बिएएलएलबी पहिलो र दोस्रो सेमेष्टरमा अध्ययनरत सबै विद्यार्थी अनशनमा बसेको तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी मनिषा चन्दले बताए। क्याम्पसमा कानून संकायको अध्यापन हुने भए पनि प्राध्यापक नहुँदा पढाइमा समस्या भएको अनशनरत विद्यार्थीले बताएका छन्। टीकापुर बहुमुखी क्याम्पसमा कानून विषय शिक्षा संकायका प्राध्यापकहरू पढाउने गरेको विद्यार्थीहरूले बताएका छन्।

अनशन बसेका विद्यार्थीले कि कानून संकायका प्राध्यापकको व्यवस्था गर्नुपर्ने कि त आफूहरूलाई केन्द्रीय क्याम्पस महेन्द्रनगर र कैलाली क्याम्पसमा अध्ययन गर्ने वातावरण मिलाउनुपर्ने माग गरेका छन्।