Close This

सुदूरपश्चिमका कलाकार नाथ र भट्टको 'मोहनी' गीत सार्वजनिक

मंगलबार जेठ १६, २०८०/ Tuesday 05-30-23
Paschim Today

धनगढी, १६ जेठ । सुदूरपश्चिमका कलाकार अम्रित नाथ र जे. आर भट्टको सहकार्यमा  मोहनी बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय देउडा गीत मार्फत टिकटकमा  निकै चर्चा कमाइरहेका रहेका  नाथ र भट्ट सहकार्यमा यो गीत नेपाली सागिंतिक बजारमा सार्वजनिक भएको हो ।

गीतमा शब्द तथा सगिंत नाथ र भट्टको नै रहेको छ भने लय गौरव जोशी को रहेको छ । सो गीतको छायाङ्कन सुदूरपश्मिका तराइका जिल्ला कैलाली र कञ्चनपुरमा भएको छ । जसमा किरन पन्त, भावना भट्ट, रबि सानु, किसी पन्त र रोशन टमटा अभिनय रहेको छ । यो गीत अम्रित नाथको युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।