बन्दुक बोकेर हिँडेका दुई जना निकुञ्ज नछिर्दै समातिए

शुक्रबार जेठ १९, २०८०/ Friday 06-02-23
Paschim Today

चितवन, १९ जेठ । चितवन राष्ट्रिय निकुञ्ज नजिकैबाट दुई जनालाई हतियारसहित पक्राउ गरिएको छ । निकुञ्ज कार्यालयको टोलीले स्थानीय दुई जनालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको बताइएको छ ।

पूर्वी चितवनको कालिका नगरपालिका ११ बाट ती दुई जनालाई समातिएको निकुञ्ज कार्यालयले जनाएको छ । स्थानीय २९ वर्षे राज चेपाङ र ३५ वर्षे सुन्दर प्रजा बन्दुक बोकेर हिँडेको समयमा पक्राउ परेका हुन् । उनीहरुको साथबाट हिजो दुई थान भरुवा बन्दुक बरामद भएको कार्यालयले जनाएको छ ।