Close This

ठमेलमा कुटपिट गरी युवकले गरे युवतीको हत्या

बुधबार जेठ २४, २०८०/ Wednesday 06-07-23
Paschim Today

काठमाडौं, २४ जेठ । काठमाडौंको ठमेलमा एक जना युवतीको हत्या भएको छ। मंगलबार काठमाडौं महानगरपालिका(२६ ठमेल भगवती बहालमा बस्ने युवतीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो। उनीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ। एसपी रिजालका अनुसार उनीहरू भगवती बहालको चार तले घरको दोस्रो तलामा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए। मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो। रञ्जितकारले मापसे गरेका थिए।

मापसे गरेका उनले तामाङमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। साढे ३ बजे तामाङको उपचारको लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्‍याइएको थियो। उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको एसपी रिजालले बताए।  प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई पक्राउ गरेको छ। उनीमाथि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान अघि बढाएको बताएको छ।