Close This

आजबाट निरफूल र वेलकम टु हेम्जाकोट प्रदर्शनीमा

शुक्रबार जेठ २६, २०८०/ Friday 06-09-23
Paschim Today

काठमाडौं, २६ जेठ । आज शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीफिल्मतर्फ ‘नीरफूल’, ‘वेलकम टु हेम्जाकोट’ र हलिउड फिल्म ‘ट्रान्सफर्मरस् राइज अफ द बीस्ट’ रिलिज भएका हुन्।

फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’ भूकम्पका कारण बिछोडिएको एक परिवारको पुनर्मिलनको कथामा आधारित छ। यस फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, रेखा थापा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको‘वेलकम टु हेम्जाकोट’ पनि रिलिज भएको छ।

फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय छ। यो फिल्मको छायांकन पोखरामा रहेको पर्यटकीय स्थल हेम्जाकोटमा गरिएको हो। त्यस्तै, आजैबाट हलिउड फिल्म ‘ट्रान्सफर्मरस् राइज अफ द बीस्ट’ पनि रिलिज भएको छ। एक्सन र एड्भेन्चर जनरामा निर्माण भएको फिल्ममा स्टीवन क्यापल जूनियरको निर्देशन रहेको छ। फिल्ममा एन्थोनी रामोस, डोमिनिक फिशब्याक, डोमेनिक डि रोजा, मिशेल योह, रोन पर्लम्यान, पिटर डिंकलेजको अभिनय छ।