Close This

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ

शुक्रबार जेठ २६, २०८०/ Friday 06-09-23
Paschim Today

काठमाडौं, २६ जेठ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत जनस्वास्थ्य अधिकृत लेखनाथ भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार घुस रकमसहित शुक्रवार काठमाडौंको शंखमुलबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका छैटौं तहका ल्याब टेक्निसियन हुन् । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।