Close This

नक्कली शरणार्थी प्रकरणः आज टोपबहादुरका वकिलहरुले बहस गर्ने

शुक्रबार जेठ २६, २०८०/ Friday 06-09-23
Paschim Today

काठमाडौं, २६ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस चलिरहेको छ । उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिहरु पक्राउ गरेका छन् ।

थुनछेक बहसको क्रममा आज (शुक्रबार) रायमाझीका वकिलहरुले बहस गर्दैछन् । रायमाझीकातर्फबाट पूर्वमहान्याधिवक्ताद्वय रमेश बडाल, अग्नि खरेल र अन्य अधिवक्ताहरुले बहस गर्दैछन्