पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु
शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today

जाजरकोट, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन्।
उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए ।सोही क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया