Close This

ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज खेल सकिनु अगाबै लिग बिजेता

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today

काठमाडौं, २७  जेठ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लेगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सकिन लागेको हो ।

पहिलो पटक ए डिभिजन खेल खेलेको चर्च ब्वाईज लिग खेल सकिनु अगाबै लिग बिजेता भईसकेको छ भने मच्छिन्द्र क्लब अंक तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ । जस अनुसार लिगको १४ औं देखि २६औं चरणसम्मको खेल वैशाख १९ देखि सुरु भई आजसम्म हुनेछन् । आज अन्तिम खेल जावालाखेल युथ क्लब र फ्रेन्डस क्लबका बिचमा हुनेछ।