सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today

काठमाडौँ, २७ जेठ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । सुनचाँदी महासङ्घले गत साताको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ८०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ थियो ।

जुन, यो साताको शुक्रबारसम्म घटेर १ लाख १२ हजार ५०० रुपैयाँमा आइपुगेको हो । यस्तै, यो साता तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ । यस्तै, यो साता चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । गत साताको शुक्रवारको तुलनामा २० रुपैयाँले बढेपछि यो साताको शुक्रवार १४ सय ५५ रुपैयाँ कायम भएको छ । गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ३५ रुपैयाँ थियो ।