Close This

सभापति लड्ने साथीहरु नडराए हुन्छ म अब सभापति लड्दिन : देउवा

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफू सभापतिमा नलड्ने बताएका छन् । चितवनमा जारी प्रजातान्त्रिक कानुन व्यवसायीको महाधिवेशनका प्रमुख अतिथि रहेका देउवाले पार्टीका नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापातर्फ लक्षित गर्दै अब आफू सभापतिमा नलड्ने भएकाले नडराउन आग्रह गरेका हुन् ।

उनले एमालेमा हटेको ७० वर्षे उमेर हदको कुरा जोड्दै अब विधान संशोधन गरेर सभापतिमा लड्ने हो कि भन्ने चिन्ता नलिन उनले आग्रह गरे । ‘सभापति लड्ने साथीहरु नडराए हुन्छ । अब म सभापति लड्दिन । एमालेले उमेर हद हटाइसक्यो ।

हामी कहाँ उमेर हद त छैन तर तेस्रो पटक सभापति लड्न पाइँदैन । मैले हटाउन पर्छ भनेको छैन । साथीहरु नडराउँदा हुन्छ,’– उनले भने ।देउवाले यसो भनिरहँदा नेता कोइराला र महामन्त्री थापा पनि सोही कार्यक्रममा सहभागी थिए ।