Close This

हङकङ जाने नेपाली महिला क्रिकेट टिमको बिदाई

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today

काठमाडौं, २७ जेठ । हङकङमा हुने एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप खेल्न जाने  नेपाली महिला क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) शनिबार हङकङ जाने नेपाली टिमको बिदाइ गरेको हो ।

एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप खेल्न रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोली त्यसतर्फ जादै छ । यसअघि थाइल्याण्ड खेल्ने भनिएको यस प्रतियोगितामा थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपाललाई खेल्ने मौका दिइएको हो । १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए टिमसंगै समूह ए मा परेको छ ।

समुह ए मा आयोजक हङकङ समेत रहेको छ । पहिलो खेल नेपालले १३ जुनमा पाकिस्तानको ए टिमसँग खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारतको ए टिमसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।