Close This

ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि सांसद सोबिता गौतमले गरिन ट्विटर अकाउन्ट डिलिट

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today

काठमाडौं, २७ जेठ । हालै मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि ट्विटर डिलिट गरेको बताएकी हुन् । 

‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आईसके पछाडी मैले ट्विटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्र्तवार्तामा भावुक हुदैँ भनेकी छिन्, ‘ट्विटर धेरै सकरात्मक कुरा भए पनि टविटर कहिले काँही टक्सिट नै हुन्छ, अट्याक सवालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपर्यो भने बौद्धिक मान्छेहरुले ट्विटर प्रयोग गर्छन् ।’

विवाह गरेर जापान गए पछि आफनो ब्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफू दुःखित भएको पनि उनको भनाई छ । आफूसँग एक पटक पनि नसोधी आफनो ब्यक्तिगत जीवनमा नकारात्मक कुराहरु फैलाउने मिडियालाई नोटिस गरेको पनि जनाएकी छिन् ।    

‘म जापान हुदाँ मेरो बुबाले भन्नु भयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ रु’ उनले भावुक हुँदै भनिन्, ‘यो देशमा कानुन छ, गर्नुपर्छ दयाटस इट ।’