Close This

रास्वपामाथि घेराबन्दी भइरहेछ : सभापति लामिछाने

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today
फाईल (तस्बीर )

काठमाडौं २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न दलले आफ्नो पार्टीमाथि घेराबन्दी गरिरहेको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले रास्वपाले आगामी सबै किसिमका निर्वाचनमा जित हासिल गर्ने स्थिति देखिएपछि विभिन्न दलहरूले बाधा सिर्जना गरिरहेको बताएका हुन् ।

उनले २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम नागरिकले घरघरमा महसुस गरिरहेको बताए । उनले आफ्नो पक्षमा जनताको साथ रहेकाले दलहरूको जुनसुकै किसिमको घेराबन्दीबाट नडराउने स्पष्ट पारे । सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया गलत भएको पनि बताए ।