Close This

प्रचण्डलाई ओलीको प्रश्न : भारत भ्रमणमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले होर ?

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा चुइँक्क बोल्न नसकेको रूस-युक्रेन युद्धले हो भन्दै प्रश्न गरेका छन्। शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘प्रचण्डजीको भारत भ्रमणमा भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले होरु’

अध्यक्ष ओलीले अहिले देशको अवस्था राम्रो नभएको र देशलाई नै ग्रहण लागेको जस्तो भएको बताउँदै भने, ‘दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ। त्यसरी नराम्ररी देश पछाडि परेको छ। साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो। अहिले कोभिडको मारले यता उता भनेको होइन।

युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ। युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो कीरु के गरेको छरु अनि यहाँ युक्रेनका वारले हो प्रचण्ड जीले नदीहरू सित्तैमा दिएर आएको ?’