Close This

नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today

काठमाडौं, २७ जेठ । नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५४ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा एकजनाको नतिजा पोजिटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा देशभर एकजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार ३१२ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।