धनगढीबाट बेपत्ता किशोर अत्तरियामा फेला

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today

धनगढी, २७ जेठ । धनगढीबाट बेपत्ता भएका एक किशोर अत्तरियामा फेला परेका छन् । बैतडी स्थायी घर भएका अर्मत विष्ट धनगढीबाट बेपत्ता भएका थिए। धनगढी उपमहानगरपालिका वडा नम्बर–१ शिवनगरबाट १५ वर्षीय विष्ट बेपत्ता भएकोमा शनिवार अत्तरियाको लामीतालमा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनलाई आफन्तले फेला पारेका हुन्। उनी धनगढीको चैतन्य पाठशालामा कक्षा ९ मा अध्ययन छन्।