Close This

कञ्चनपुरमा नहरमा डुबेर एक जनाको मृत्यु

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today
फाईल (तस्बीर )

कञ्चनपुर, २७ जेठ । कञ्चनपुरमा नहरमा डुबेर  एक जनाको मृत्यु भएको  छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्ट शनिबार मृत अवस्थामा फेला परेका हुन।

सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर उनी घरबाट निस्किएको प्रहरीले जनाएको छ। घर नफर्किएपछि खोजतलास गर्ने क्रममा भट्टको नहर कल्भर्डतिर पानीमा डुबेको अवस्थामा शव भेटिएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।