Close This

डर लाग्दो भीरमा हनि हन्टिङ (तस्वीरहरु)

शनिबार श्रावण ६, २०८०/ Saturday 07-22-23
Paschim Today

स्कन्द गौतम/ नेपाल फोटो लाइब्रेरी

सिन्धुपाल्चोक जिल्लाको  चाकु भन्ने स्थान बाट २० किलो मिटर पर भोटेकोशी किनारमा जोम भीर भन्ने ठुलो चट्टान छ । बैशाख जेठ महिनामा यहाँ नजिकै बस्तिबाट एक समूह आएर भीरमा भएका मौरीका घारहरुबाट मह काढिरहेका हुन्छ्न । भोटेकोशी गाउँपालिकाका स्थानीयहरु वर्षेनी यही मह काढेर आफ्नो जीविको पार्जन गरिरहेका छन् ।

यो वर्षको अन्तिम जेठ तिर पनि ६/७ जनाको समूह मह काढन गएको क्षण हामीले आफ्नो क्यामेरामा कैद गर्न पायौ । भीर मह काढ्दा धेरै सावधानी अपनाउनुपर्छ । थोरै असावधानी भए ज्यानै जान सक्छ । औषधी जन्य गुण भएको भीरमौरीको महको बजारमा ठूलो माग छ । हाल बजारमा कम्तीमा तीन हजार ५०० रुपैयाँ लिटरमा भीर मौरीको मह बिक्री हुने गरेको पाइन्छ  ।