बंगलादेशबाट २ चार्टर्ड जहाजमा ७ सय पर्यटक आउँदै

बिहीबार श्रावण ३२, २०८०/ Thursday 08-17-23
Paschim Today

 काठमाडौं, ३२ साउन । बंगलादेशबाट २ वटा चार्टर्ड जहाजमा ७ सय जना पर्यटक नेपाल आउने भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार एक र शनिबार एक गरी दुई वटा जहाजबाट करीव ७ सय पर्यटक नेपाल आउने भएका छन् ।

उनीहरुलाई विमान बंगलादेशको जहाजले नेपाल ल्याउने भएको छ । बंगलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको समेत बोर्डले जनाएको छ । उनीहरु अपरान्ह साढे ११ बजे विमानस्थलमा अवतरण गर्ने भएका छन् ।