मालिका ग्रुपद्धारा पश्चिम टुडेका प्रधान सम्पादक उपाध्याय सम्मानित

शनिबार भदौ २, २०८०/ Saturday 08-19-23
Paschim Today

टीकापुर, २ भदौ ।
मालिका  ग्रुप एण्ड होल्डिङ कम्पनी प्राईभेट लिमिटेडले पत्रकारिता तथा सामाजिक क्षेत्र पु¥याएको योगदानको कदर गर्दै पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई सम्मान गरेको छ ।

सुदूर पश्चिमको सबैभन्दा ठूलो व्यवसायिक प्रतिष्ठान मालिका ग्रुपले आफ्नो २३ औं वार्षिकोत्सवका अवसरमा कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा उपाध्यायलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरेको हो ।
कार्यक्रमका बिशिष्ट अतिथि संबिधान सभा सदस्य भगत बडुवाल र मालिका  ग्रुप एण्ड होल्डिङ कम्पनीका अध्यक्ष टीकाराम जैसीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

पत्रकारिताका माध्यमबाट बिकृति, बिसंगतिका बिरुद्ध आवाज उठाउदै आएका उपाध्यायले पत्रकारितासंगै सामाजिक क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च प्रशंसा गर्दछौ, उपाध्यायलाई प्रदान गरिएको कदर पत्रमा भनिएको छ, पत्रकारितासंगै सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्दै कोभिड १९ को महामारीका बेला जनताका लागि खाद्यान्न, अक्सिजन, औषधी, एम्बुलेन्स आदिको व्यवस्था गर्न अहोरात्र खटिनु भएका तपाईले अढाई दशकदेखि पत्रकारिता तथा सामाजिक सेवाको क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै यो सम्मान पत्र प्रदान गरेका छौ ।