Close This

देशभरका ५१ वटा चार्जिङ स्टेसनको एकसाथ उद्घाटन

बुधबार भदौ २०, २०८०/ Wednesday 09-06-23
Paschim Today

काठमाडौँ, २० भदौ । देशभरका ५१ वटा चार्जिङ स्टेसनको एकसाथ उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसनसहित एकसाथ ५१ वटा चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् ।

यी चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै विद्युतीय सवारी चढ्नेलाई सहज हुनेछ । यी चार्जिङ स्टेशन नेपा विद्युत प्राधिकरणले निर्माण गरेको हो । प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो । सोहिअनुसार निर्माण गरिएका चार्जिङ स्टेशनको बुधबार उद्घाटन भएको हो ।

निजी क्षेत्रले समेत चार्जिङ स्टेसन बनाइरहेको छ । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् ।