Close This

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद

मंगलबार भदौ २६, २०८०/ Tuesday 09-12-23
Paschim Today

काठमाडौं, २६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक किलो अवैध सुन बरामद भएको छ।

विमानस्थलबाट भित्रिएको अवैध ६० किलो सुन प्रकरणको अनुसन्धान नसकिँदै पुनः एक किलो सुन बरामद भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले सुन बरामद गरेको प्रहरी स्रोतले बताएको छ।

स्रोतका अनुसार उक्त सुन विदेशबाट विमानमार्फत् आएको हो। सुन कहाँबाट कसरी आएको हो र यकिन कति मात्रा कति हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।