Close This

चर्को आलोचना पछि प्रकाश सपूतको गीतबाट हट्यो ‘भद्दा’ संवाद

मंगलबार भदौ २६, २०८०/ Tuesday 09-12-23
Paschim Today

काठमाडौं, २६ भदौ । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो।।’ मा समावेश ‘भद्दा’ संवादलाई हटाएका छन् । गीतको भिडिओको अन्त्यमा सपूत र स्वस्तिमा खड्काबीचको संवाद विवादित बनेको थियो ।

हरेकजसो गीतमा ‘कन्ट्रोभर्सी’ खेप्दै आएका सपूतमाथि यस गीतलाई पनि जानाजान ‘कन्ट्रोभर्सी’ मा ल्याउन खोजेको आरोप लागेको थियो । तर, उनले तुरुन्तै आफ्नो ‘गल्ती’ सच्याएर विवादलाई किनारा लगाएका हुन् ।

गायिका समीक्षा अधिकारीको आवाजमा रहेको गीत अहिले युट्यूवको नम्बर १ ट्रेन्डिङमा छ । तीन दिनमा २८ लाख भ्यूज पाएको गीतमा झण्डै आठ हजारजनाले कमेन्ट गर्न भ्याइसकेका छन् ।

दुई वर्षअघि ल्याएको ‘कुरा बुज्नु पर्च’ को सिक्वेलका रूपमा सपूतले यो गीत ल्याएका हुन् । दर्शकरस्रोताले गीत निकै रुचाएका छन् । तर, एउटा संवादले गर्दा किरकिरी भएको थियो । अहिले भिडिओमा सपुतले स्वस्तिमा खड्कालाई प्याड दिएको दृष्य छ, तर त्यसपछिको संवाद हटाइएको छ ।