Close This

बालेन शाह विश्वका उदीयमान सय नेताको सूचीमा

बिहीबार भदौ २८, २०८०/ Thursday 09-14-23
Paschim Today

काठमाण्डु, २८ भदौ । काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाह विश्वका उदीयमान सय नेताको सूचीमा परेका छन् । विश्वकै प्रसिद्ध टाइम म्यागेजिनले सार्वजनिक गरेको ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा शाह परेका हुन् ।

शाहले स्थानीय तह निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीत र सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको म्यागेजिनले उल्लेख गरेको छ ।