"बा "
बिहीबार भदौ २८, २०८०/ Thursday 09-14-23
Paschim Today

"बा "
काधमा उहाँको दर्जनौं भारी ,
बिचलित कहिले हुनु भएन !
गार्हो त कति भयो होला खेप्न ,
बा कहिले रुनु भएन!!
हामीले राख्दा हजारौं माग,
निराश कहिले हुनु भएन!
देखाइ पीडा अभावको केही ,
बा कहिले रुनु भएन!!
दिन रात पसिना बगाइ रहदा ,
थाके झै कहिले हुनु भएन!
बिसन्चो भयो आफूलाइ भनी ,
बा कहिले रुनु भएन!!
८० को संघार उहीँ जिम्मेवारी ,
उदास कहिले हुनु भएन!
गार्हो भो मलाइ सक्दिन भनी ,
बा कहिले रुनु भएन!!
एक एक गर्दै सबैले छोड्दा,
अध्यारो कहिले हुनु भएन!
छ्ल्केर आँसु पोखिए होलान,
बा कहिले रुनु भएन!!
उषा जोशी, धनगढी
तपाईको प्रतिक्रिया