Close This

चिकित्कस संघले आज देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

आइतबार भदौ ३१, २०८०/ Sunday 09-17-23
Paschim Today

काठमाडौं, ३१ भदौ । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।

संघले हिजो एक विज्ञप्ति जारी गरी मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालिएको संघको भनाइ छ । संघका अनुसार गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा साङ्घातिक आक्रमण भएको संघले उल्लेख गरेको छ ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो ।संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।