Close This

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

सोमबार असोज १, २०८०/ Monday 09-18-23
Paschim Today

काठमाडौं, १ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो । तर, न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो । बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्को मिति तोकिएको छैन ।  सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन ।

यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। उक्त दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासमा वादी पक्षले दिनभर बहस गरेपछि उनले बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्। उक्त आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ। सन्दीपको मुद्दालाइ चाँडो किनारा लगाउन सर्वोच्चले १५ फागुनमा नै निर्देशात्मक आदेश गरेको थियो।

काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ ९फास्ट ट्र्याक० तथा निरन्तर सुनुवाइ ९कन्टिनियस हेयरिङ० का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको पाँच महिना बितिसक्दा पनि मुद्दाले किनारा पाउन सकेको छैन।