Close This

एसईई आईडल घोषणा

सोमबार असोज १, २०८०/ Monday 09-18-23
Paschim Today

धनगढी, १ असोज । प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले एसईई आईडलको तेस्रो संस्कारणको घोषणा गरेको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रभात मिडियाका प्रबन्ध  निर्देशक प्रकाश बहादुर छेडालले नयाँ संस्करण यहि असोज बाट अर्को सालको असार सम्म आयोजना हुने जानकारी गराए ।

सुपका ९ जिल्लाका २५ बढी स्थानहरुमा आयोजना अडिसनहरुमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् ।  यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१  बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१  असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु.५०/५० हजार र रु. २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् ।

साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी  तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।