खोजिरहेको संविधान

एउटा किशोरले संविधानको पर्खाइ पश्चात
उज्यालो र कान्तिको आशालाई बचाइराख्न
घोषणाताका झन्डोत्तोलन गर्दै
दिप प्रज्वलन गर्दै
हर्ष का बाछिटाहरु उन्मुक्त भएर प्रदर्शन गर्यो
समयको बगाइमा
उ पनि उमेर सङ्गै बढिरह्यो
आवश्यकता पनि थपिरहे ।
भुइँ मान्छे न थियो उ
आवश्यकताको परिपुर्ति गर्न उसलाइ
संविधान दिवसकै दिन
देश छोडेर परदेश टेक्नुपर्यो
मानौ कि
हर्ष बढाइले देशका कुना कुना झलमल्ल भए पनि
उसको लागि त्यो केवम विस्मात
हक दियो हस्ताक्षर दियो आशा थियो
तर पनि
आशुलाइ रोक्ने सामर्थ्य दिएन ।
खोजिरहेको थिए संविधानको पुस्तक
लेखिएको थियो मौलिक हक
आज हक बिनाको नागरिक जस्तै
आज पाइला बढाइरहेछ्न विदेशतिर
न्यायको सिंहासन नै
कोटाको कटेरोमा परेपछि
संविधानको स्वतन्त्र न्यायपालिका खोजिरहेछु ।
बनाउनेहरु उत्कृष्टको लेपन लगाइरहन्छन
चलाउने उनै
मर्माहत हुने गरि मिचिरहन्छन
मानौ कि
एउटा मान्छे संविधान लेख्नेहरु खोजिरहेको छ
आफ्नै कथा र व्यथामा ।
खुसिको मापनमा अगाडि देखिएता पनि
त्यो खुसीको मापनले पनि ३५ भाग खोजिरहेको छ ।
अक्षरमा समुन्नति देखाएको छ
समुद्रका छाल जसरी समस्याका ज्वारभाटाहरु
फैलिरहेका छ्न ।
थलमा , नभमा र जलमा
मुरि फलाउने हातहरु मुल्यका लागि धारा खोजिरहेछन।
वर्तमान र भविस्य सम्हाल्ने युवाहरु
दैनिक विमानस्थल र सिमामा लामबद्व छन
तिनका लागि संविधान भनेको
परिवार र जिवनयापन हो
त्यो आभास गराउने संविधान खोजिएको छ ।
निर्माण गर्नेहरुले मर्म भुलिदिदा
तात्पर्य बुझ्ने समय खोजिएको छ ।
उज्याला दिनहरुको मन्तव्यले अन्धकारमा फर्काइदिदा
अध्यारोको वास्तविकता बुझ्ने चाहिएको छ
बन्यो जसका लागि ती कहाँ पुगेकै छैन
जसले बनाए ती आफैं
शब्द र भाव नचिनेको नाटक प्रदर्शन गर्छन ।
कहिले झुक्यार त कहिले
आश्वासनका पोका बाडेर
ख्याल गरिरहन्छन अनुभुती र भावना माथी ।
संविधान खोजिरहेको एउटा युवा
समाप्त हुन लागेको आशालाइ देख्न खोज्छ
बन्धनलाइ तोडन खोज्छ
खोज्दाखोज्दै भिड भित्र समाहित हुन पुग्छ
सिद्धान्त पढदापढ्दै थकित भैसक्छ ।
सपना देख्नु छिचोल्नु र उभिनु
गलत होइन
यहाँ संविधान खोज्नेहरु सिकार बनिदिन्छ्न
सत्ता , सम्पत्ती र स्वार्थको
हेर्दाहेर्दै उत्कृष्ट परिभाषित गरिएको संविधान
कसैका लागि वरदान त कसैका लागि
अनुहार नदेखिने गरि छचल्किएको छ
त्यसैले म
संविधानलाई जिवनमा खोजिरहेको छु ।
लेखक : परिचय
नाम ः प्रविन चन्द
स्थायी ः सिगास गापा बैतडी (हाल - धनगढी )
कैलाली बहुमुखी क्याम्पसमा कानुन सङ्काय दोस्रो सेमेस्टरमा अध्ययनरत
सम्पर्क न ः ९८६४८६५८४५
तपाईको प्रतिक्रिया