Close This

मनोसामाजिक मनोविमर्शकर्ता तालिमको उद्धघाटन सम्पन्न

बिहीबार असोज ११, २०८०/ Thursday 09-28-23

बिहीबार असोज ११, २०८०/ Thursday 09-28-23
Paschim Today

धनगढी ,१० असोज । सुदुरपश्चिम प्रदेश स्तरीय ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिमको उद्धघाटन बुधवार धनगढीमा सम्पन्न भएको छ । 


समाजमा विकराल रुप लिदै गईरहेको तनाव लगायतका समस्या समाधानको पहलका लागी यो तालिम आयोजना गरिएको ह्यूम्यान नेपालका अध्यक्ष उमेश शिवाकोटीले जानकारी दिनु भयो । अहिलेको समयमा मनोविमर्शकर्ताको एक दमै धेरै खाँचो रहेको तर मनोविमर्शकर्ता अन्यन्त न्यून संख्यामा रहेको हुदाँ त्यसको परिपूर्ति गर्न सहज होस भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष शिवाकोटीले बताएका छन् । मनोसामाजिक परामर्शको आवश्यकता रहेका व्यक्तिले या त समस्या लुकाउन पर्ने या त डक्टरको सहायता लिनु पर्ने अवस्था रहेको छ । जटिल खालको तनावमा मात्र औषधी र डाक्टरको आवश्यता हुने र सामान्य खालको तनावमा उचित परामर्श पाएको खण्डमा प्रभावित व्यक्तिलाई सहयोग पुर्याउन सकिने उनी बताउँछन् ।

पूर्व मन्त्री तथा माननिय सन्तोष शर्माले कार्यक्रमको उद्धघाटनका क्रममा बोल्दै उहाँले अहिलेको समयमा मनोविमशकर्ताको अत्यन्तै खाँचो रहेको बताउनु भयो ।  सुदुरपश्चिमका विभिन्न जिल्लाबाट २५ जना सहभागी भएको यो तालिम ६ महिना चल्ने छ । तालिम पश्चात सहभागीहरु मनोसामाजिक मनोविमर्शकर्ताको रुपमा काम गर्न तयार हुने छन् । साथै उद्धघाटन कार्यक्रममा मानसिक रोगी तथा असयहायहरुलाई पुर्याएको सेवाको उच्च कदर गर्दै दृष्टि फाउण्डेसनकी संस्थापक अध्यक्ष कल्पना भट्टलाई नगद पाँच हजार रुपैया सहित खादा ओढाएर सम्मान गरिएको थियो ।