Close This

काठमाडौंमा डाक्टरहरूको प्रदर्शन जारी

बिहीबार असोज ११, २०८०/ Thursday 09-28-23
Paschim Today

काठमाडौं, ११ असोज । चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की  लगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्यकर्मी कुट्न पाइदैन, शान्ति सुरक्षा कायम गर लगाएका नारा लगाएका थिए । देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था लागू गर्नुपर्ने उनीहरूको माग छ ।

यस्ता गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ ।मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै पछिल्लो समयमा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्न देखिएका दोषीलाई कानून बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ ।