तीन किलो सुनसहित एक फिलिपिनी महिलालाई पक्राउ

शनिबार असोज १३, २०८०/ Saturday 09-30-23
Paschim Today

काठमाडौं, १३ असोज । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित एक फिलिपिनी महिलालाई पक्राउ गरेको छ। शुक्रबार बेलुकी दुबई हुँदै काठमाडौं आएकी उनलाई तीन केजी सुनसहित नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठकुरीले पुष्टि गरे।

यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। यद्यपि प्रहरीले हालसम्म ती महिलाको नाम सार्वजनिक गरेको छैन। गत ३ साउनमा विमानस्थल भन्सार पास भएर बाहिरिएको करिब ६० केजी तस्करीको सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। त्यसपछि सरकारले सुन तस्करीको सबै अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मा दिए पनि अहिलेसम्म मूल मानिस पक्राउ पर्न सकेका छैनन्। अहिले पनि विमानस्थलबाट तस्करीमार्फत ल्याइँदै गरेको सुन बरामद हुने क्रम रोकिएको छैन।