पोखराबाट सुर्खेत आँउदै गरेको बस दुर्घटना, १४ जना घाइते
सोमबार असोज १५, २०८०/ Monday 10-02-23
Paschim Today

पोखरा, १५ असोज । पोखराबाट आज बिहान सुर्खेत आँउदै गरेको यात्रुवाहक बस दाङ दुर्घटना भएको छ। ग १ ख ८४८५ नम्बरको यात्रुवाहक बस दाङको लमही नगरपालिका–४ बगइसोतामा करिब ५ बजेतिर दुर्घटना हुँदा बसमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया