भुकम्पले पहिरो गएर जयपृथ्वी राजमार्गको बिभिन्न ठाउँमा बाटो अवरुद्द

मंगलबार असोज १६, २०८०/ Tuesday 10-03-23
Paschim Today

सुदुरपश्चिम, १६ असोज ।  बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  भूकम्पले बझाङका धेरै ठाउमा घरहरु र विद्यालयहरु भत्काएको छ भने जयपृथ्वी राजमार्गको बिभिन्न ठाउँमा पहिरो गएर बाटो समेत अवरुद्द भएको छ  । यस्तै  बझाङ  अहिले नेटवर्कले पनि काम गरिरहेको छैन ।

भूकम्प मापनकेन्द्रका अनुसार भूकम्पको तीव्रता ५।३ म्याग्निच्युड मापन भएको छ ।  त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ ।

No photo description available.