बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

मंगलबार असोज १६, २०८०/ Tuesday 10-03-23
Paschim Today

बझाङ, १६ असोज । बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग गरेको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले बझाङ भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन्। बझाङमा मंगलबार दिउँसो २ पटक भूकम्प गएको थियो। भूकम्पबाट केही घर तथा विद्यालयमा क्षति पुगेको छ भने जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ।