Close This

यि हुन टेलिभिजन रियालिटी शो ‘महागफाडी’ का उत्कृष्ट १८ प्रतियोगी

मंगलबार असोज २३, २०८०/ Tuesday 10-10-23
Paschim Today

काठमाडौं, २३ असोज । टेलिभिजन रियालिटी शो ‘महागफाडी’ को फिजिकल अडिसन सकिएको छ । ढाका टोपी फिल्मस्‌को ब्यानरमा निर्माण भएको रियालिटी शोको फिजिकल अडिसन काठमाडौं ज्ञानेश्वरस्थित मिड भ्याली कलेजमा सकिएको हो ।

अनलाइन अडिसनमार्फत सहभागिता जनाएका हजारौँ प्रतियोगीमध्येबाट उत्कृष्ट १०० जनालाई फिजिकल अडिसनमा लिइएको थियो । तीमध्येबाट उत्कृष्ट १८ र वैकल्पिकमा ६ जना छनोट भएका छन् । उत्कृष्ट १८ मा पर्नेहरूमा अमरेन्द्र यादव, अनिल राई, अर्जुन पोखरेल, दिपेश घिमिरे, डिल्लीराज अधिकारी, हरि गजुरेल, हुकुमबाबु ओली, कर्म लामा, कृष्ण भुर्तेल (लक्ष्मण), निरोज त्वयाना, पराजुन नेपाल, रेशम सापकोटा, सन्जिव भट्टराई, सन्तोष तिवरी, सरोज खतिवडा, श्रीराम कँडेल, शोभा लामिछाने र शुभम सिंह भूमियार रहेका छन् ।

उत्कृष्ट १८ प्रतियोगीको प्रस्तुतिसँगै कार्यक्रमको ग्राण्ड प्रीमियर गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रमको ग्रान्ड प्रिमियर अघि छानिएका सबैलाई एक वर्कशप गराएर मात्रै मञ्चमा उतारिनेछ । आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’ का रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।

निर्णायक र दर्शकको भोटिङका आधारमा प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । जसको भोटिङ पार्टनरका रूपमा माइ-पे रहेको छ । हास्य व्यंग्य कार्यक्रमको निर्णायक मण्डलमा शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् ।