Close This

सुदूरपश्चिममा औलोका बिरामी विगत वर्षभन्दा सङ्ख्या कम

सोमबार कार्तिक १३, २०८०/ Monday 10-30-23
Paschim Today

 सोमबार, कार्तिक-१३,धनगढी ।

सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी घटदै गएका छन्। औलोका रोगीको उपचार तथा व्यवस्थान स्थानीय तहसम्म पुर्याइएका कारण बिरामीको सङ्ख्या घटेको हो।
दीपायलस्थित सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म औलोका ५३ बिरामी फेला परेकोकामा आयातित बिरामीको सङ्ख्या ४८ रहेको छ।स्थानीय बिरामी पाँचजना मात्रै फेला परेका छन्। सबैभन्दा खतरनाक मानिने प्लाज्मोडिएम फाल्सिपारम परजीविबाट सातजना सङ्क्रमित भएका छन्। तीमध्ये आयतित बिरामी छ र स्थानीय एकजना रहेका छन्।