Close This

उत्तर कोरियाले किन बन्द गर्दैछ धेरै देशमा आफ्ना दूतावास ?

बिहीबार कार्तिक १६, २०८०/ Thursday 11-02-23
Paschim Today

एजेन्सी । उत्तर कोरियाले आगामी दिनमा धेरै देशमा रहेका आफ्ना दूतावास बन्द गर्ने निर्णय गरेको छ । उत्तर कोरियाले आफ्नो दूतावास बन्द गर्ने देशमा स्पेन, हङकङ र अफ्रिकाका धेरै देशहरू पर्छन्।

मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले चाँडै नै विश्वका एक दर्जनभन्दा बढी दूतावास बन्द गर्ने भएको छ । उत्तर कोरियाको यो कदमलाई दक्षिण कोरियाले पनि टिप्पणी गरेको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो कूटनीतिक नियोग बन्द गर्नु भनेको देश गम्भीर आर्थिक संकटको अवधिबाट गुज्रिरहेको सङ्केत भएको भन्दै आलोचना गरेको छ ।दक्षिण कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उत्तर कोरिया धेरै प्रकारको दबाबमा रहेको र विदेशमा आफ्नो अस्तित्व कायम राख्न कठिनाइको सामना गरिरहेको बताएको छ ।

उत्तर कोरियाले गत हप्ता अंगोला र युगान्डा जस्ता दुई अफ्रिकी देशमा रहेका आफ्ना दूतावासहरू बन्द गर्ने आधिकारिक सूचना दिएको जानकारी दिएको थियो । अंगोला र युगान्डा दुवैको उत्तर कोरियासँग सन् १९७० देखि मैत्रीपूर्ण सम्बन्ध थियो। त्यसबेलादेखि अहिलेसम्म उनीहरूले सैन्य सहयोग जारी राखेका छन् र धेरै परियोजनाहरूमा साझेदार बनेका छन्।

तर अहिले दूतावास बन्द भएपछि उनीहरुबीच कूटनीतिक सम्बन्ध छैन ।