Close This

विश्वपकको एसिया छनोट : यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट 

शुक्रबार कार्तिक १७, २०८०/ Friday 11-03-23
Paschim Today

काठमाडौं, १७ कात्तिक  । नेपाल एक दशक पछिआईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छनोट भएको छ । विश्वपकको एसिया छनोटको फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएको हो । 

नेपाल एसिया छनोटको फाइनलमा पनि प्रवेश गरेको छ ।  मुलपानि क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै १३५ रन बनायो । नेपालका लागि आसिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै गुलशन झाले २२ रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित २० ओभर सम्पूर्ण विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।  यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे ।  त्यस्तै मोहमद वसिमले २६ रन बनाउँदा अलिसान सफुरले १६ रनको योगदान गरे । 

बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन विकेट लिँदा सन्दीप लामिछाने दुई लिए । त्यस्तै सोमपाल कामी र रोहित कुमार पौड्यलले एक एक विकेट लिए ।